दफा २९
अन्य सेवामा छँदाको सञ्चित बिदा

उच्च अदालतको न्यायाधीशको पदमा वा नेपाल सरकारको स्थायी सेवामा रहेको कुनै व्यक्ति प्रधान न्यायाधीश वा न्यायाधीशको पदमा नियुक्त भएमा निजले त्यस्तो पद वा सेवामा बहाल छँदा सञ्चित गरेको घर बिदा वा विरामी बिदा निजले यसै ऐन बमोजिम सञ्चित गरे सरह कायम गरिनेछ ।